नेपाल प्रज्ञा-प्रतिष्ठान अन्तर्गत स्थापित साहित्यिक पत्रिका सहयोग कोषले २०६१/०६२ सालदेखि निजीस्तरबाट नियमित प्रकाशित हुँदै आएका साहित्यिक पत्रिकालाई अनुदान रकम प्रदान गर्दै आएको छ।यसपटक आ व २०७९/८० र २०८०/०८१को अनुदान रकम प्रदान गर्नका लागि सम्बन्धित साहित्यिक पत्रिकाबाट उक्त कोषले आवेदन आह्वान गरेको छ ।