काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभागद्वारा आयोजित सामाजिक शास्त्र वार्षिक सङ्गोष्ठी २०८२का प्रमुख अतिथि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पानसमा बत्ती बालेर ‘नेपाली समाजका विविधता’विषयक दुई दिने कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सामाजिक शास्त्रको खोजअनुसन्धानको क्षेत्रमा प्रशस्त लगानी नभएको बताउनुभएको थियो ।उहाँले सङ्गोष्ठीमा प्रस्तुत हुने खोजमूलक कार्यपत्रले समस्या मात्रै होइन,निराशालाई चिर्दै आशा जगाउनुपर्ने जोड दिनु भएको थियोे । खोजअनुसन्धानले गलत निष्कर्ष निकाल्यो भने
समाज नै दुर्घटनामा पर्ने ओैल्याउँदै मन्त्री पाण्डेले समाज अध्ययनको निचोडले सम्भावनालाई ओैल्याउनु पर्ने उल्लेख गर्नुभएको थियोे ।उहाँले छिटै सांस्कृतिक नीति सरकारले ल्याउन लागेको जानकारी दिनुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको ओैचित्यसहित स्वागत मनतव्यका क्रममा समाजका विविध विषयहरूको व्यापकतालाई पर्गेल्नुपर्ने जरुरी ठानेर नै यो कार्यक्रमको आयोजना गर्नुपरेको बताउनुभएको थियोे।कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर ,ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली र प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.दिनेशराज पन्तले उक्त सङ्गोष्ठीको सफलता बारे शुभकामना मनतव्य राख्नुभएको थियोे। कार्यक्रमका मुख्य वक्ताको रूपमा डा.सुरेश ढकाल रहनुभएको थियो।
कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले सङ्गोष्ठीमा१३वटा कार्यपत्र प्रस्तुत हुने बारे चर्चा गर्नुभएको थियोे।उहाँले समाजका विविध पक्षलाई सङ्गोष्ठीले केलाउने र सकारात्मक सम्भावना प्रवाह गर्ने उल्लेख गर्दै उद्घाटन सत्रको समापन गर्नुभएको थियोे ।कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभयो ।
उद्घाटन सत्रमा सौन्दर्य चिन्तक ईश्वरचन्द्र ज्ञवालीले ‘समाजवाद र संस्कृतिको विश्लेषण’,प्रा.डा. श्रीधर गौतमले ‘वैज्ञानिक समाजवाद र संस्कृति’ प्रा. डा. शम्भुप्रसाद खतिवडाले ‘सामाजिक शास्त्र अध्ययनका नयाँ आयामहरू’,डा. उत्तम खनालले ‘समाजवाद उन्मुख अर्थतन्त्रको भ्रम र वास्तविकता’ र डा टिकाराम पोखरेलले ‘सीमान्तकृत समुदायका सवाल र मानव अधिकार’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।
फोकल पर्सनमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिङ्जाली,प्रा.डा.विनोद पोखरेल ,प्रा.डा.सुरेन्द्र केसी ,डा.केशव सिलवाल र केशव नेपाल रहनुभएको थियोे। कार्यपत्रको सत्राध्यक्ष डा.हेमराज ढकालले गर्नुभएको थियोे।
यसैगरी दोस्रो दिनको पहिलो सत्रमा डा. दीपबहादुर अधिकारीले स्वास्थ्य विज्ञानको समाजशास्त्रीय अध्ययन,डा. हिमलाल श्रेष्ठले पर्यावरणको वैज्ञानिक विश्लेषण :विधि र चुनौतीहरू,डा. लक्ष्मी थापामगरले असमानताबाट वैचारिक रूपान्तरण तर्फ:सामाजिक विभेदले पारेको प्रभाव,प्रकाश थापाले उत्पीडनका सामाजिक प्रभावहरू विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।


















































दोस्रो दिनको दोस्रो सत्रमा माधव घिमिरेले परमाणु कारणवादको सामाजिक उपयोगिता, भैरवराज रेग्मीले नेपाली किसानका समस्याको समाजशास्त्रीय अध्ययन,डा. पासाङ शेर्पाले हिमाली क्षेत्रमा प्रचलित आम्ची(सोवारिग्पा)उपचार पद्धति रधनबहादुर रेश्मीले सार्वजनिक विद्यालयहरूमा हुने सामाजिक भेदभावको प्रभाव : जनजाति र दलित विद्यार्थीहरू विरुद्धको प्रतीकात्मक हिंसा विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
यस समापन सत्रमा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको मनतव्य रहेको थियोे भने प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य प्रा.डा. त्रिरत्न मानन्धर र प्रा. डा. सोमप्रसाद खतिवडा सत्राध्यक्ष रहनुभएको थियोे।
सभाध्यक्षमा प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले समापन मन्तव्य र सामाजिकशास्त्र विभागका सदस्य विश्वेश्वर कट्टेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे।
कार्यक्रममा प्रा डा विद्यानाथ कोइराला,डा.आनन्द पौडेल र डा.ठाकुर भट्टले फोकल पर्सनको भूमिका निर्वाह गर्नुभएको थियोे।
कार्यक्रममा कार्यपत्र प्रस्तोतालाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियोे


