सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी –२०८२
Annual conference on Social Science-2026
शोधमूलक लेख/रचना आह्वान !
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँ ।
मिति : २०८३ जेठ १६ र १७ गते ।
‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा -प्रतिष्ठान’ भन्ने मूल सन्देशका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गर्दै आएको छ । नेपाली समाज बहुभाषिक–बहुसांस्कृतिक, भौगोलिक विविधता तथा बहुलतामा आधारित छ । समयको परिवर्तनमा भएका राजजीतिक परिवर्तन , विकास तथा विकसित मुलुकहरूको प्रभावजस्ता कारणले नेपाली समाजको परिवर्तन भइरहेको छ । यसैलाई दृष्टिगत गरी सामाजिकशास्त्रका विभिन्न विषयहरूमा नेपाली समाजका बारेमा भएका शोधमूलक कार्यहरूलाई प्रोत्साहन गर्न, शोधकार्यबाट नीति निर्माणमा सहयोग गर्न तथा प्राज्ञिक अनुभवहरू साटासाट गर्नका लागि यस विभागले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी (२०८२) को आयोजना गर्दै छ । यो सङ्गोष्ठीको मुख्य विषय परिवर्तित नेपाली समाजका आयाममा हुनेछ । सहायक विषयहरूमा (१) नेपाली समाजमा सामञ्जस्य (२) जलवायु परिवर्तन र नेपाली समुदाय (३) वर्तमान पाठ्यक्रम (विद्यालय) र सिकाइ सक्षमता (४) जेन्जी आन्दोलन पछिको नेपाली राजनीति र समाज (५) पशुअधिकार र नेपाली संस्कार (६) नेपाली समाज र सामाजिक सञ्जाल (७) जनजातीय मौलिक पहिचान ८) नेपालको आर्थिक विकासमा पर्यापर्यटन (९) नेपाली समाजको अन्तरसामुदायिक सम्बन्ध (१०) भूराजनीति र नेपाल (११) जनस्वास्थ्य र समाज (१२) न्यायिक समानता र पहुँच १३) सामाजिक शास्त्रसँग सम्बन्धित विविध विषय रहने छ ।
•शोधमूलक लेख/रचना बुझाउँदा/पठाउँदा पालना गर्नुपर्ने सर्तहरू
१.नेपाली भाषामा प्रीति फन्टमा टाइप गरिएको र कम्तीमा ३००० देखि बढीमा ४५०० शब्दको हुनुपर्ने छ ।
२.संरचनामा शीर्षक, लेखसार, शब्दकुञ्जी, परिचयखण्ड/विषय प्रवेश, अध्ययन विधि, मुख्य खण्ड/उपखण्ड, निष्कर्ष र सन्दर्भ सामग्रीहरू समेटिएको हुनुपर्ने छ ।
३.लेखकको नाम, ठेगाना, सम्पर्क नं. र इमेल अनिवार्य पठाउनुपर्ने छ ।
४.सन्दर्भ सामग्री एपिए सात प्रणालीमा हुनुपर्ने छ ।
५.अन्यत्र प्रकाशन नभएको हुनुपर्ने छ ।
६.शोधकार्यमा आधारित भाषिक शुद्धता भएको हुनुपर्ने छ ।
७.सङ्गोष्ठीमा प्रस्तुतिका लागि उत्कृष्ट शोधमूलक लेख/रचना छानिने छ । छानिएका शोधमूलक लेख/रचना विज्ञसमीक्षित गराई नेपाल प्रज्ञा–प्रतिष्ठानको जर्नल ‘समाज अन्वेषण’ मा प्रकाशन गरिने छ ।
८.सङ्गोष्ठीका लागि छानिएका शोधमूलक लेख/रचना नेपाल प्रज्ञा-प्रतिष्ठानको जर्नल ‘समाज अन्वेषण’ मा बाहेक अन्यत्र दुई वर्षसम्म छाप्न पाइने छैन । अन्यत्र छाप्नुपरेमा लिखित अनुमति लिनुपर्ने छ ।
९.सङ्गोष्ठीमा शोधमूलक लेख/रचना प्रस्तुति गराउने वा नगराउने सर्वाधिकार नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागमा निहित रहने छ ।
१०.शोधमूलक लेख/रचना वि.सं. २०८३ वैशाख २५ गतेभित्र बुझाउनुपर्ने छ।
११.शोधमूलक लेख/रचना स्वीकृत भएको वा नभएको सूचना : वि.सं. २०८३ जेठ ०५ गतेभित्र दिइने छ ।
१२.सङ्गोष्ठीका लागि कार्यक्रम तालिकासहित निमन्त्रणा : वि.सं. २०८३ जेठ १० गतेभित्र गरिने छ ।
१३.सङ्गोष्ठीमा शोधमूलक लेख/रचना प्रस्तुतिका लागि ‘पावर पोइन्ट’ वि.सं. २०८३ जेठ १३ गतेभित्र बुझाउनुपर्ने छ।
शोधमूलक लेख/रचना बुझाउने ठेगानाः
rishalkaushila369@gmail.com. mukttinatha@gmail.com
विस्तृत जानकारीका लागि सम्पर्क :
सामाजिकशास्त्र विभाग, सम्पर्कः ०१–५३४१६३७ (विभागीय प्रमुख), (नारायण शर्मा) ९८५१०२८४०३
विभागीय प्रमुख
सामाजिकशास्त्र विभाग


