काठमाडौँ ,कमलादी । २०८१असार २गते ,आइतवार ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका सवारी चालक राम महर्जनले अनिवार्य अवकाश प्राप्त गर्नु भएको थियोे ।महर्जनले २० वर्ष ४ महिनाको सेवाअवधिबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियोे । उहाँको बिदाइ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान, लेखनाथ प्रवचन कक्षमा आयोजना गरिएको थियो ।यसै क्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले अवकाश प्राप्त जीवनलाई थप क्रियाशील बनाउँदै जानुपर्नेमा जोड दिनुभएको थियोे ।








यस विदाइ कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियन (नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन,नेपाल प्रज्ञा -प्रतिष्ठान केन्द्रीय समिति ) का अध्यक्ष धनबहादुर कार्कीले सवारी चालक राम महर्जन एक मिलनसार र इमानदार कर्मचारी रहेको उल्लेख गर्नुभएको थियोे ।कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका शाखा अधिकृत बद्रीप्रसाद कार्कीले गर्नुभएको थियोे ।