काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका सवारी चालक दीपक राईले ३६वर्षको सेवाअवधिबाट अनिवार्य अवकाश लिनुभएको थियोे । उहाँको बिदाइ कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान, लेखनाथ प्रवचन कक्षमा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सवारी चालक दीपक राई जस्तै शालीन ,भद्र, इमान्दार,वफादार ,जवाफदेही र लगनशील भई
आफ्नो कार्य सबैले गर्नुपर्ने बताउनुभएको थियो । उहाँले चालक राईलाई निवृत्त जीवन सिर्जनशील र प्रेरणादायी बनाउन प्रेरित गर्नुभएको थियो ।














यस विदाइ कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठान आधिकारिक ट्रेड युनियन (नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन,नेपाल प्रज्ञा -प्रतिष्ठान केन्द्रीय समिति ) का अध्यक्ष महेश्वर थापा मगरले सवारी चालक दीपक राई एक असल , सरल , मिजासिलाे ,नरम स्वभाव र कार्यालयकाे काम प्रति सधैँ जवाफदेही रहँदै आउनु भएको थियाे।उहाँले निवृत्त हुनुभएका चालक राईबाट सबै कर्मचारीले असल संस्कृति सिक्नुपर्ने छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानको हितका लागि कुनै पनि बेथिति र विसङ्गतिविरुध्द आफू उभिने बताउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका शाखा अधिकृत बद्रीप्रसाद कार्कीले गर्नुभएको थियोे ।