काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठानका प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थलगत निरीक्षण गर्नुभयो ।यसैक्रममा उहाँलाई प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई लगायतका पदाधिकारीले स्वागत गर्नुभयो । यसअवसरमा सम्माननीय प्रधानमन्त्री दाहालले प्राज्ञिक क्षेत्रको खोजअनुसन्धानलाई तिव्रता दिन आवश्यक सहयोग गर्ने बताउनुभयो ।