काठमाडौँ । नेपाल प्रज्ञा -प्रतिष्ठान, सामाजिकशास्त्र विभागअन्तर्गत ‘समाज अन्वेषण’ नामक अनुसन्धानमूलकअर्धवार्षिक जर्नल पहिलो अङ्क (२०८० वैशाख -असोज) प्रकाशित भएको छ ।
यस प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईको मनतव्य,प्रज्ञा परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख तथा प्रधान सम्पादक डा. कौशिला रिसालको सम्पादकीय ,सम्पादन मण्डलमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय नारायणप्रसाद मरासिनी र नवीन जिरेल ,गोकुल पोखरेल,प्रकाश थापा मगर , सरोजदिलु र कार्यकारी सम्पादकमा नारायण शर्मा रहनुभएको छ।यसैगरी प्रा डा . हेमराज ढकालको समाज रूपान्तरणमा राजनीतिक प्रभाव,प्रा. डा. राजाराम सुवेदीको लिच्छविकालीन समाजमा नारीको अवस्था,प्रा. डा. कृष्णचन्द्र शर्माको नेपाली समाजमा वैदिक सांस्कृतिक परम्पराको निरन्तरता,डा. दुबिनन्द ढकालको समाज भाषाविज्ञान र भाषाको समाजशास्त्र,राजेश्वर थापाको वलुङ जातिको सामाजिक जनजीवन,डा. प्रियंव्ँवदाम्बा काफ्लेको समाजमा नारीको अध्यात्मिक भूमिका र चुनौती ,प्रा.डा. विद्यानाथ कोइरालाको ब्युँताउनै पर्ने रैथाने ज्ञानको खोजीमा,कल्पना नेपाल आचार्यको नेपाली राजनीतिमा महिला सहभागिताका चुनौती,विश्वेश्वर कट्टेलको अमूर्त सांस्कृतिक सम्पदा र जीविकोपार्जन,डा. विष्णु दहालको शैव पाशुपतको स्वरूप र साधना,शीतल गिरीको नेपाली समाजमा लोकसंस्कृतिको प्रभाव, प्रकाश दर्नालको सम्पदा संरक्षणमा देखिएका अवरोध र चुनौती,मुक्तिनाथ घिमिरेको दुरा जातिमा प्रचलित सामाजिक संस्कारहरू जस्ता अनुसन्धानमूलक लेखहरू समेटिएको छ ।यस समाज अन्वेषण जर्नलको मूल्य रू १५० रहेको छ ।