नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यको दोहोरो भत्ता खारेजी बारेका केही समाचार शीर्षकमा ‘दोहोरो’ शब्द छुटेकाले अन्योल परेको देखियो ।साथै,निम्न बुँदा पढेर प्रष्ट हौँ :-
१. नेपाल प्रज्ञा-प्रतिष्ठानका सबै आजीवन सदस्यहरूको सुविधा भत्ता रोकेको हैन । दोहोरो सुविधा लिइरहेका ११ जना आजीवन सदस्यको भत्ता मात्र रोकेको हो ।
२. यस सम्बन्धमा नेपाल प्रज्ञा-प्रतिष्ठानका विरुद्धमा परेका रिटहरूलाई खारेज गरेर सम्मानित सर्वोच्च अदालतले नेपाल प्रज्ञा-प्रतिष्ठानको २०७९ फागुन ११ गतेको बैठकबाट गरिएको निर्णयलाई सदर गरेको हो।



