काठमाडौँ । २०८० माघ ११ बिहीवार ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले२०८० भदौ १८ गते “सङ्घीय संस्कृति नीति तर्जुमा”कार्यदल गठन गरेको थियो । यस कार्यदलले साढे चार महिना लामो अध्ययन गरेर सांस्कृतिक नीतिबारे प्रतिवेदन तयार पारेको थियोे ।यसैक्रममा कार्यदलका संयोजक राईले स्थानीय ,प्रदेश र सङ्घको समग्र सांस्कृतिक नीति कस्तो हुनुपर्छ भन्ने कुरा मस्यौदाले प्रष्ट पारेको बताउनुभएको थियोे ।

डा. सुरेश श्रेष्ठ,संस्कृतिविद्हरू
प्रा. डा. प्रेम खत्री,प्रा. डा. वीणा पौड्याल
डा. डिल्ली वली,डा. टेक गुरुङ, देवशरण यादव, भोगिराज चाम्लिङ, नवीन सुब्बा र
शिवराज रेग्मी सदस्य रहेको समितिले “सङ्घीय संस्कृति नीति”-२०८० तर्जुमा गरेको थियोे ।

उक्त समितिले माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटी उक्त मस्यौदाको अन्तिम प्रारूप २०८० माघ ९ गते हस्तान्तरण गरेको थियोे।