यही २०८३ साल भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको ठुलो जनधनको क्षतिप्रति नेपाल प्रज्ञा-प्रतिष्ठान गहिरो दुःख व्यक्त गर्दै उक्त घटनामा परी ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।
सो घटनामा परी घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासहित सम्पूर्ण जनसमुदायमा धैर्य र संयमतापूर्वक विपत्तिको सामना गर्न हार्दिक आह्वान गर्दछ ।
यस विनाशकारी महाविपत्तिमा उद्धार, राहत र पुनर्स्थापनामा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, चिकित्साकर्मी, नागरिक समाज, स्थानीय समुदाय र स्वयंसेवकमा उच्च सम्मान व्यक्त गर्दछौँ।
कुमार नगरकोटी
कुलपति


