नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले वास्तविक लेखकहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गोमा पराजुलीद्धारा लिखितआत्मसंस्मरण ‘भीरको बाटो’ सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै कुलपति राइले लेखनविधा र क्षेत्र धेरै परिष्कृत भइसकेको अवस्थामा वास्तविक लेखकलाई प्रोत्साहन गर्नसके समाजको वास्तविक चित्र र चरित्र बाहिर ल्याउन सकिने बताउनुभएको हो ।

प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा बोल्नुहुँदै कुलपति राईले भीरको बाटो पुस्तकले गोमा पराजुलीको जीवनमाआधारित रहे पनि यसले समकालीन नेपाली समाजको वास्तविक चित्र र चरित्रमा मात्र नभई अहिले पनि यस्ता धेरै घट्नाहरू समाजमा व्याप्त रहेको दाबी गर्नुभयो । नयाँ लेखक र समाजका वास्तविक कुराहरूलाई उजागर गर्नेहरूलाई प्रज्ञा -प्रतिष्ठानले सदैव खुल्ला हृदयका साथ स्वागत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तत्कालिन समयमा गोमा पराजुलीले परिवार र समाजबाट व्यहोर्नु परेको पीडा र गरेको सङ्घर्षबाट प्राप्त सफलताअरूका लागि पनि प्रेरणाको स्रोत हुने बताउनुभयो । यसैगरी कार्यक्रममा पूर्व सचिव तथा सूचनाआयोगका पूर्व प्रमुखआयुक्त कृष्णहरि बाँस्कोटाले पुस्तकले नेपाली समाजको जीवन्त तस्बिर उतारेको बताउनुभयो । एकजनापात्रले भोग्नुभएको भोगाईलाई पुस्तकका रूपमा सार्वजनिक गरेर समग्र समाजको दृश्य देखाएको बताउनुभयो । उहाँले जीवनमा सबै सकिँदा पनि केही गर्न सम्भव छ भन्ने उदाहरण लेखक पराजुलीले पुस्तक मार्फत प्रस्तुत गरेको बताउनुभयो ।
