नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (मातृभाषा) विभागले थारू भाषाको वार्षिक साहित्यिक पत्रिका ‘लवाङ्गी’ २०८१ साल माघमा दोस्रो अङ्क प्रकाशित गरेको छ । नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य ,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङ प्रधान सम्पादक , शान्ति चौधरी,डा रामबहादुर चौधरी,महेश चौधरी,शत्रुधन चौधरी र भूमिका थारू सम्पादक मण्डलमा तथा कार्यकारी सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.कृष्णराज सर्वहारी रहनु भएको छ। विगत २ वर्षदेखि लवाङ्गी प्रकाशित हुँदै आएको छ।