नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागबाट अन्वेषण नामक जर्नल –अर्धवार्षिक पत्रिका) प्रकाशन हुने हुँदा नेपाली समाज र सामाजिक शास्त्रसँग जोडिने विषय बहुभाषी, बहुजाति नेपाली समाजको जातजातिका सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था, जातीय संस्कार, भाषा, इतिहास, राजनीतिशास्त्र, मानवशास्त्र, मानवसभ्यता आदि विषयमा केन्द्रित रहेर लेखिएका अनुसन्धानमूलक लेख पठाउनुहुन सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
लेख पठाउँदा निम्नअनुसार हुनुपर्ने छ ः–
१. प्रिति फन्टमा टाइप गर्नुपर्ने ।
२. शब्दसङ्ख्या कम्तीमा तीन हजारदेखि बढीमा चार हजारसम्म हुनुपर्ने ।
३. लेख अनुसन्धान (खोज) मूलक हुनुपर्ने । ४.लेख पहिले कतै प्रकाशित नभएको हुनुपर्ने ।
५. लेख २०८० साल ,कार्तिक मसान्तसम्म पठाइसक्नुपर्ने ।
६.सन्दर्भ सामग्रीलाई एपिए सिस्टममा व्यवस्थित गर्नुपर्ने ।
७. लेख पठाउने इमेल ठेगाना :
इमेल:rishalkaushila369@gmail.com.
mukttinath@gmail.com
सामाजिक शास्त्र विभाग
फोन : ०१-४२४१३०५
कार्यकारी सम्पादक :९८५२०७५१७७