लुम्बिनी ,बुटवल । नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य(काव्य/पद्य) विभाग ,बुटवल उपमहानगरपालिका र
लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहकार्यमा लुम्बिनी प्रदेश स्तरीय ‘प्रज्ञा नारी काव्य सङ्गोष्ठी’ -२०८१को आयोजना गरिएको थियोे ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका साहित्यिक स्रष्टाहरूको विशेष उपस्थिति रहेको थियोे ।
उद्घाटन सत्रका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा दीप प्रज्वलन गरी सङ्गोष्ठीको समुद्घाटन गर्नुभएको थियोे।मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनका लागि आवश्यक प्रक्रिया सुरु गरेको खुलासा गर्दै लुम्बिनीको कला, साहित्य र संस्कृतिको संरक्षण गर्नका लागि गुरु योजना बनाएर अघि बढ्न लागेको बताउनु भएको थियोे।
विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाज रूपान्तरण र जागरणका लागि साहित्य क्षेत्रको ठुलो योगदान रहेको चर्चा गर्नुभएको थियोे ।
कार्यक्रममा काव्यसत्रका प्रमुख अतिथि नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने नाराका साथ अघि बढेकाले साहित्य क्षेत्रको विकासका लागि प्रदेशमा प्रज्ञा-प्रतिष्ठानहरू निर्माण गरेर जान सकिने र प्रदेश सरकारले अघि बढाएका योजनामा सहकार्य गर्न तयार रहेको बताउनु भएको थियोे।उहाँले लुम्बिनी प्रदेश स्तरीय ‘प्रज्ञा नारी काव्य सङ्गोष्ठी’ प्रारम्भ मात्रै हो।यस्ता गोष्ठीहरू सातै प्रदेशमा पुर्याएर नारी स्रष्टाको उजागर हुने र कविताले आफ्नो अन्तरचेतनालाई प्रकट गर्ने बताउनु भएको थियोे ।
‘प्रदेश लुम्बिनी नारी काव्य गोष्ठीपत्र’
भगवती अर्याल पाण्डेले प्रस्तुत गर्नुभएको थियोे।उहाँले लुम्बिनीका १२ जिल्लाको साहित्यिक र नारी स्रष्टाको योगदान र अवस्था बारे चित्रण गर्नु भएको थियो ।यस गोष्ठीपत्रको टिप्पणी प्रा.डा. हिरण्य ज्ञवाली र किरण आचार्यले गर्नु भएकाे थियाे ।
कार्यक्रममा नारी जागरणमा याेगदान पुर्याएकी साहित्यकार मैयाँ भट्टराई ‘लुम्बिनी काव्य रत्न’ सम्मानबाट सम्मानित हुनुभएको थियो।विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठान,भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले कविता वाचनसहित मनतव्य तथा हाइकु कवि साेनु गुरुङ (रुपन्देही )लेआफ्नो विचार प्रस्तुत गर्नु भएको थियाे।त्यस्तै लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले लुम्बिनी साहित्य,संस्कृति र सभ्यताको वाहक क्षेत्र भएको बताउनु भएको थियोे । कार्यक्रममा अतिथि कवि तथा उपप्राध्यापक गीता कार्की (धादिङ)ले कविता वाचन गर्नु भएको थियोे ।यसै गरी सरू ज्ञवाली, सिर्जना खनाल, रञ्जु घिमिरे, चन्द्रावती अधिकारी-बाँके , शर्मिला गिरी-दाङ, डा. लक्ष्मी कोकिला -अर्घाखाँची , माया घिमिरे-गुल्मी , राजकुमारी कुँवर -प्युठान , सावित्रा आचार्य-गुल्मी , दुर्गा थापा मगर-रुपन्देही , शकुन्तला पौडेल-कपिलवस्तु , सीता आचार्य-रुपन्देही , सीता ढुङ्गाना काफ्ले रुपन्देही , दीपा अर्याल-भैरहवा , गङ्गा घिमिरे, राधा भट्टराई, मन्जिला ज्ञवाली र अंशु पौडेल-रुपन्देही ,लक्ष्मी लामिछाने-रुपन्देही ,दुर्गा पौडेल-रुपन्देही ,सुजाता ज्ञवाली- रुपन्देही ,सन्जु घिमिरे-रुपन्देही लगायतले कविता वाचन गर्नुभएको थियोे।
कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष सिर्जना ज्ञवाली,स्वागत मन्तव्य लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय सदस्य कविता उपाध्याय र
सञ्चालन लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य कविता पन्थीले गर्नु भएको थियोे।