नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागद्वारा प्रकाशित लिम्बू भाषाको साहित्यिक पत्रिका ‘फक्ताङ्लुङ ‘वर्ष :८,अङ्क:६-७ संयुक्ताङ्क ,२०८०/ ८१ प्रकाशित भएको छ ।प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङ प्रधान सम्पादक, स्वप्निल स्मृति,भीमा खजुम,पूर्णकुमारी लिङ्देन र इन्दिरा नेम्बाङ सम्पादक मण्डलमा रहनु भएको छ।
‘फक्ताङ्लुङ’को कार्यकारी सम्पादकमा निशेष आङदेम्बे रहनु भएको छ।प्रज्ञा-प्रतिष्ठानबाट विगत ८ वर्षदेखि लिम्बू भाषाको साहित्यिक पत्रिका ‘फक्ताङ्लुङ ‘प्रकाशित हुँदै आएको छ।



