काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका पूर्व सन्ध्यामा अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” विषयक अवधारणापत्र विमर्श कार्यक्रमको समुद्घाटन अध्यक्ष तथा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो।यसअवसरमा उहाँले समावेशिताको प्रयोग र उत्थानमा “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” भएको बताउनुभयो । कुनैकुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन समय समयमा त्यसमा सकारात्मक ध्वंस भएर नै विकास हुन्छ भन्नुभयो । उहाँले राष्ट्रिय कविता महाेत्सवकाे ढाँचामा अहिले गरिएको परिवर्तनलाई यसरी नै हेर्नुपर्छ भन्नुभयो । प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले समावेशितासहित नेपालमा बोलिने सम्पूर्ण मातृभाषाको संरक्षरण गरिने छ भन्नुभयो ।स्वागत मनतव्यका क्रममा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले नेपाली तथा मातृभाषामा रचिएका कवितालाई राष्ट्रिय कविता महोत्सव मार्फत समावेशीकरण गरी सबैको आत्मसम्मान र स्वत्व वृद्धिमा जोड दिने र आगामी वर्षदेखि साताव्यापी साहित्यिक महोत्सवको आयोजना गरी प्रतिष्ठानको वार्षिकोत्सव गराउने लक्ष्य रहेको बताउनुभयो ।

प्रतिष्ठानका परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले नेपालका समग्र भाषाभाषीको सम्मानका लागि समावेशी स्वरूपको “राष्ट्रिय कविता महोत्सव”मा समावेशी चिन्तनको थालनी भएको र यसले सकारात्मक र नयाँ जागरणको भूमिका खेलेको बताउनुभयो ।
अध्येता तथा मुन्धुमविद् भोगीराज चाम्लिङद्वारा प्रस्तुत अवधारणापत्र “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी”माथि समालोचकद्वय ज्ञानु अधिकारी र गुरुङ सुशान्तले पूरक व्याख्या गर्नुभयो ।यसैगरी प्राज्ञसभा सदस्यद्वय भागवत आचार्य र प्रकाश तिवारी, भाषा आयोगका सदस्य गोपाल अश्क , उपप्रध्यापक विष्णु ज्ञवाली , अन्वेषक विक्रममणि त्रिपाठी, ,उदय लामा, प्रतापसिं राई नाछिरिङ, डा. सोमबहादुर धिमाल ,सज्जा दनुवार लगायतका सहभागीहरूले आफ्नो धारणा
राख्नुभयो । यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानको ६६ ओैँ वार्षिकोत्सवका अवसरमा कुलपति राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नका साथै वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको समेत सुरुवात गर्नुभयो ।यस बहसबाट समावेशी चिन्तनको प्रभावकारिता झन् बढेको स्पष्ट हुन्छ।
राख्नुभयो । यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानको ६६ ओैँ वार्षिकोत्सवका अवसरमा कुलपति राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नका साथै वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको समेत सुरुवात गर्नुभयो ।यस बहसबाट समावेशी चिन्तनको प्रभावकारिता झन् बढेको स्पष्ट हुन्छ।

