•नेपाली समाजलाई कविले अध्येताको आँखाबाट हेर्दै विश्वजगत्लाई मौलिक स्वादका कविता दिन सक्नुपर्छ।
माननीय मन्त्री सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार , काठमाडौँ ।
काठमाडौँ । नेपाल प्रज्ञा -प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको ‘राष्ट्रिय कविता महोत्सव- २०८०’ का उत्कृष्ट कविहरूलाई प्रमुख अतिथि 

सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन ,शीतल निवासमा पुरस्कार अर्पण गर्नुभयो । यसैगरी काठमाडौँका कवि उमेश पुनको नेपाली भाषाको कविता ‘छोरी, सिमाना र देश’ , सुनसरीका कवि कृपा करुणा पोखरेलको नेपाली भाषाको कविता ‘रक्तिम कथा’ , दार्चुलाका कवि खिमानन्द जोशीको डोटेली भाषाको कविता ‘ईजा ! मुई गोठ नाइँ झान्या हुँ’, उदयपुरका कवि जीवन आरोहीको नेपाली भाषाको कविता ‘प्रश्नहरूको विज्ञप्ति’ , रोल्पाका कवि टङ्कबहादुर झाँक्री मगरको खाम मगरभाषाको कविता ‘हुन्के बे बड्डा’ , सुनसरीका कवि तीर्थराज विश्वकर्माको नेपाली भाषाको कविता ‘कविले के सम्झियो ?’ 



















