काठमाडौँ । २०८१ जेठ ९ गते बुधवार । नेपाल प्रज्ञा-प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको सहआयोजनामा युगकवि सिद्विचरण श्रेष्ठको ११३ओैँ जन्मजयन्तीका अवसरमा उहाँको योगदान बारे स्मरण गरिएको थियो ।प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित युगकवि श्रेष्ठले नेपाली साहित्यमा पुर्याएको सिर्जनात्मक र क्रान्तिकारी योगदान बारे परिचर्चा गरिएको थियोे। यसैबिच ७८ वर्षको उमेरमा कीर्तिशेष हुनुभएकी युगकविकी माहिँली सुपुत्री सरिता श्रेष्ठ खैगोलीप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियोे ।




