नेपाल प्रज्ञा-प्रतिष्ठान मातृभाषा(मातृभाषा,कोश तथा व्याकरण) विभागद्वारा मैथिली भाषाको वार्षिक साहित्यिक पत्रिका ‘आङना’ प्रकाशित भएको छ।’आङना’ ‘वर्ष :११, २०८१ साल ,पौष वार्षिकअङ्क मैथिली कथा विशेषाङ्कको रूपमा देखा परेको छ।उक्त पत्रिकामा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा(मातृभाषा,कोश तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली प्रधान सम्पादक,विजेता चौधरी र सुरेश यादव सम्पादक तथा विनीत ठाकुर कार्यकारी सम्पादक रहनुभएको छ। आङना विगत ११ वर्षदेखि प्रकाशित हुँदै आएको छ।