नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित ‘मातृभाषा साहित्यको २१ओैँ शृड्खला’मा लोकबहादुर बायुङ राईले लिखित ‘बायुङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा समालोचना र साहित्येतिहास विभाग प्रमुख डा.मधुसूदन गिरीले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियोे।उहाँले वायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारेको उक्त कार्यपत्रमाथि चर्चा गर्दै भाषिक र सांस्कृतिक ओैपनिवेशिकका कारण नेपालका मातृभाषाहरू माथि थिचोमिचो भएको बताउनु भएको थियोे । उहाँले यसका विरुद्ध अनुसन्धान गरेर सत्य तथ्य पत्तो लगाउनुपर्ने बताउनु भएको थियोे।विविध जातजाति,प्राकृतिक र सांस्कृतिक ग्रन्थका दस्तावेज सङ्कलन गरेर हडसनले ४९४ गाडा अर्थात् एकपानी जहाज ऐतिहासिक दस्तावेज लगेका थिए भनिन्छ ।यसमा ३८१ वटा संस्कृतका पाण्डुलिपि भएको कुरा उल्लेख हुँदै आएको छ।यसको वास्तविकता अध्ययन गर्न ‘हडसन कलेक्सन’ सम्म पुग्नुपर्ने बताउनु भएको थियोे।
स्वागत मनतव्य तथा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले मातृभाषा साहित्य शृङ्खलाले समग्र मातृभाषाको विकासमा योगदान पुर्याएको बताउनु भएको थियोे ।






कार्यपत्र प्रस्तोता राईले वायुङको भूगोल र जनसङ्ख्या,तथ्याङ्कमा वायुङ भाषा,वायुङ संस्था,पूर्व कार्यको समीक्षा,वायुङ वर्ण,पाठयक्रम,वायुङ राई भाषाका कृति र कृतिकार,वायुङ स्रष्टा र चुनौतीबारे उल्लेख गर्नुभएको थियो ।
।कार्यक्रममा मुगाल भाषाका कवि
सोनाम यङ्की,वाम्बुले राईभाषाका कवि सोनाम सज्जन किराती र थारुभाषाका कवि सन्तोषी चौधरीले कविता वाचन गर्नुभएको थियोे।उक्त कार्यपत्रमाथि प्रताप नाछिरिङ,डा. सोम धिमाल र शोभा सुनुवारले आआफ्नो जिज्ञासा तथा सुझाव प्रस्तुत गर्नुभएको थियोे।कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे।(२०८१ चैत २९ गते शुक्रवार )