काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य मातृभाषा विभागद्वारा मासिक रूपमा सञ्चालन गर्दै आएको २७ ओैँ साहित्य शृङ्खला सिर्जना वाचन, संवाद र विमर्श कार्यक्रम २०८२ असोज ३१ गते, शुक्रवार प्रज्ञा-प्रतिष्ठान देवकोटा सभाकक्षमा सम्पन्न भएको थियो।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गोरखाभाषा प्रकाशिनी समितिलाई नेपाली भाषा प्रकाशिनी समिति बनाएपछि मातृभाषालाई सरकारले विभेदमा पार्न थालेको बताउनुभएको थियोे ।राज्यको एकात्मक र असहिष्णु सांस्कृतिक सोचविरुद्ध विभिन्न जातजातिहरूलाई उभिन मातृभाषा साहित्य शृङ्खलाले ढाडस दिएको उहाँले बताउनुभएको थियोे ।
नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्नुभएको थियो।उहाँले मातृभाषा साहित्य शृङ्खलाले नेपालका मातृभाषा र साहित्यको प्रवर्द्धन र अधिकार प्रत्यायोजनमा महत्त्वपूर्ण कार्य भएको बताउनुभएको थियोे ।










कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले २०७२ को संविधानले नेपालका सबै मातृभाषालाई राष्ट्रिय भाषा माने पनि कतिपय व्यवहारमा उतार्न बाँकी रहेको बताउनुभएको थियो । जेन्जी विद्रोहले खोजेको भाषा ,साहित्य र संस्कृति प्रति पनि गम्भीर हुन आग्रह गर्दै जनयुद्धमा माअोवादीले जातीय मोर्चा गठन गरेर अघि बढे जस्तै मातृभाषाको विस्तारमा पनि लागिपर्नुपर्ने बताउनुभएको थियो ।मुकारुङले हरेक जनआन्दोलन र विद्रोहमा जनजातिको सहभागिता महत्त्वपूर्ण रहँदै आएकाले तिनका मातृभाषाको संरक्षणमा सबै लागिपर्नुपर्ने बताउनुभएको थियो ।अनुसन्धाता द्वय एलेन ठुलेले ‘लोहोरुङ भाषाको साहित्य’ र जीतेन्द्रसिं दनुवारले’दनुवार भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे। सहभागीका तर्फबाट डा.सोमबहादुर धिमाल, कुम्भराज राई,बयानसिंह राई र तिलक चाम्लिङले कार्यक्रममाथि सुझाव र जिज्ञासा प्रस्तुत गर्नुभएको थियोे ।साथै,
नाछिरिङ भाषाका कवि शान्ता नाछिरिङ,
दुरा भाषाका कवि सन्जिता दुरा र ताजपुरिया भाषाका कवि विनिता ताजपुरियाले आआफ्नो मातृभाषामा कविता प्रस्तुत गर्नुभएको थियोे।
कार्यक्रममा सहभागीहरूको खचाखच रहेको थियोे ।
सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला


