बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिका आयोजनामा “स्थानीय मातृभाषा गोष्ठी‐२०८० विद्यालय शिक्षामा मातृभाषाको अवस्था, मैथली भाषाको औचित्य, अवसर र चुनौती” सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोदे बरसाईन नगरपालिका शिक्षा युवा खेलकुद विकास शाखाका अधिकृत रामसागर यादवले मातृभाषाको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेको थियो । सो कार्यपत्र प्रस्तुत गर्दै उहाँले भने सानो बालबालिको लागि मातृ भाषामा सिकाई महत्वपूणर् हुने भएकोले पअभिभावकलाइ सो कुरा बुझाउन गोष्ठीले महत्वपूणर् हुने बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा‐प्रतिष्ठानका कुलपती भुपाल राईले भने नेपालको विविधता संघियतालाई आत्मसाथ गर्दै काठमाण्डौं बाहिर मातृभाषा सम्बन्धी कार्यक्रमका लागि आज सप्तरी आएको बताउदैँ हामी नेपाल भित्र बोल्ने सबै भाषाको साझा संस्था नेपाल प्रज्ञा‐प्रतिष्ठान बन्नु पर्ने जोड दिदैँ स्थानीय प्रदेश सरकार र स्थानीय सरकार संग समन्वय गरेर मातृ भाषको संरक्षणका लागि निरन्तर कार्य गर्ने बताउनु भयो । ‘‘मातृभाषा आमाको भाषा हो। आमा जति प्रिय छ , आमाले सिकाएको भाषा त्यती नै प्रिय हुने उल्लेख गरे।”
बोदे बरसाईन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रेणु कुमारी साहले मातृभाषा संरक्षण सबैको सरोकार भएको बताएकी छन्। मैथली भाषामा हमर बोदे बरसाईन स्थानीय पाठ्यक्रम लागु गरेको र त्यो निरन्तर चल्ने बताउँदै कार्यवाहक नगरप्रमुखले आउने दिनमा पनि मातृभाषा संरक्षणमा नगरको सहयोग जारी रहने विश्वास दिलाइन्।
नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञासभा सदस्य डा. सूर्य प्रसाद यादवले मातृभाषा संरक्षणका लागि यस्ता कार्यक्रमले उत्प्रेरित गराउने धारणा राख्नुभयो । संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै बाँकी अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने र समुदाय जागृत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञासभा सदस्य सचिव धनप्रसाद सुवेदीले भने अंग्रेजी भाषमा पढाउन रुचाउने अभिभावक नेपालभित्रै बोलिने भाषा पढाउन रुचाउँदैन जबकी मातृ भाषामा सिकेका ज्ञान चिरस्थाई हुने बताए । नेपालको भाषिक विविधतालाई सबैले समेटेर अगाडी बढनु पर्ने जोड दिनुभयो ।
मधेश प्रज्ञा प्रतिष्ठानका संचालक समिति सदस्य दिनेश यादवले नेपालमा दुई थरिका विद्यालय हुनु र सानो बालबालिकालाई अनिवार्य अंग्रेजी बोल्नु पर्ने मनस्थि विकास गराउने गलत अभ्यासले बालमनोवृतिमा असर परि बिचमै पढाई छाडने जस्ता समस्या देखा परेको बताए ।
त्यस्तै, विद्यापति पुरस्कार कोष संचालक परिषद सदस्य सचिव धुव्र कुमार मण्डले मातृभाषाको विषयमा कुरा गरिरहदाँ आफुले बोल्ने मातृ भाषा ठिक अरुले बोल्ने मातृ भाषा बेठीक देखाउने चलन राम्रो नभएकाले बताउदैँ नेपाली खस भाषाको भनी राजनीति दलका प्रतिनिधिले विरोध औचित्य हिन भएको बताए । उहाँले भने मातृ भाषा आमाबाट सिकेको भाषा भएकोले सबैको लागि प्रिय हुने बताउँदै मैथली भाषामा हमर बोदे बरसाईन स्थानीय पाठ्यक्रम समुदायिक विद्यालयमा लागु गरेको नगरपालिकाले निजि विद्यालयमा समेत लागु गर्नु पनेमा जोड दिनुभयो ।
बोदे बरसाईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवले कार्यक्रमका सहभागी तथा अतिथिहरुमा स्वागत मंक्तव्य राख्दै बालबालिकामा मातृभाषामा पढाउन यो गोष्ठी महत्वपूणर् हुने बताए ।
मिलाफ सप्तरी अध्यक्ष रमिला साहले स्थानीयतहले मातृभाषा विकासका लागि टिभी संचालन गरी विभिन्न संवाद , मनोरञ्जनका सामग्री , नाटक बनाई स्थानीय भाषा प्रशारन गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा मातृभाषी अभियन्ता, जनप्रतिनिधि,शिक्षक, अभिभावक, पूर्व प्रध्यापक
गरी झण्डै सय जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा श्री चन्द्रा नमुना माद्ययमिक विद्यालय र श्री राजाजी जनता माद्ययमिक विद्यालयका छात्र⁄छात्राले मैथली भाषामा लोक नृत्य प्रस्तुत गरेको थियो ।
स्थानीय मातृभाषा गोष्ठी‐२०८० इन्टेलेक्चुअल फाउण्डेशन राजविराजको प्राविधिक सहयोगमा नेपाल प्रज्ञा‐प्रतिष्ठान समन्वयमा बोदे बरसाईन नगरपालिकाले कार्यक्रम आयोजना गरेको थियो ।