काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ओैँ जन्मजयन्ती भव्यतापूर्वक सम्पन्न भएको थियोे ।यस प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्ज्वलन गरी सो कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे । यसैगरी कुलपति राईले प्रज्ञा-प्रतिष्ठान साहित्य (पद्य/काव्य )विभागबाट प्रकाशित कविता चौमासिक( १२४-१२५)संयुक्ताङ्कको समेत लोकार्पण गर्नुभएको थियोे।
यसै क्रममा कवि हरिहर अधिकारी ‘श्यामल’ले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाका कवितामा वैचारिक पक्ष’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।
यस अवसरमा कुलपति राईले महाकवि देवकोटा नेपाली साहित्यका मौलिक पैदलयात्री भएकाले नयाँ ढङ्गले अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको थियोे । साथै,उहाँले महाकवि देवकोटाको मौलिक घरलाई भत्काएर अतिरिक्त ‘घरसंरचना’को निर्माण हुनु इतिहासप्रति घात भएको बताउनुभएको थियो ।
यस प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्वको अध्ययन अनुसन्धान निरन्तर हुनुपर्ने बताउनुभएको थियोे ।
कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख बाबा बस्नेतले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटाले नवीनतम् मार्ग निर्माण गरेर नेपाली साहित्यलाई विश्वमा परिचित तुल्याउन खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको थियोे ।
प्रस्तुत कार्यपत्रमाथिको टिप्पणी डा.शान्तिमाया गिरीले गर्नुभएको थियो । यस कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र प्रा.डा. पद्म देवकोटा लगायतले धारणा राख्नुभएको थियोे । यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्यद्वय डा.भागवत आचार्य र पञ्चकुमारी परियारले कविता वाचन गर्नुभएको थियोे । यसैगरी कवि रामेश्वर राउत मातृदास, स्वप्निल स्मृति ,विमला तुम्खेवा,महेश्वर पन्त ,पवित्रा राई, विमला निरौला,सङ्गीता थापा र सर्वज्ञ वाग्ले गरी १० जना कविहरूले कविता वाचन गर्नुभएको थियोे ।यस कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख तथा कवयित्री सन्ध्या पहाडीले गर्नुभएको थियोे ।