स्याङ्जा ,वालिङ । २०८० फागुन २८ गते सोमवार।
नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा भेषजबिन्दु साहित्यिक पुरस्कार’ र ‘साहित्य सम्मान अर्पण ,रचना वाचनको ७० ओैँ शृङ्खला ,गोष्ठीपत्र प्रस्तुत तथा पुस्तक लोकार्पण र परिचर्चा कार्यक्रम रहेको थियोे।कार्यक्रम भेषजराज साहित्य प्रतिष्ठानको अायोजना र नेपाल प्रज्ञा- प्रतिष्ठानको सह-अायोजनामा भएको थियोे ।

यस क्रममा सष्टा के. पी. अर्याल र दुर्गा थापा मगरका कृतिको लोकार्पण र परिचर्चा समेत गरिएको थियो।
यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले प्रज्ञा- प्रतिष्ठानलाई काठमाडाैँमा मात्रै केन्द्रित नगरी देशका विभिन्न भूभागमा पुर्याउन र आम जनताको पहुँचमा ल्याउन वर्तमान प्रज्ञा परिषद् प्रतिबद्ध रहेको बताउनु भएको थियोे ।उहाँले प्रज्ञा-प्रतिष्ठानको स्रोत-साधन सीमित भएकाले मोफसलका विभिन्न वाङ्मयिक संस्थासँगको सहकार्यलाई विशेष महत्त्व दिएको उल्लेख गर्नुभएको थियोे ।

यसैगरी नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य नारायण मरासिनी र उप-प्राध्यापक परशुराम कोइरालाले उक्त गोष्ठी पत्रमाथि टिप्पणी गर्नुभएको थियोे ।
यसै क्रममा भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्याङ्जाका वरिष्ठदेखि कनिष्ठ कवि-लेखकहरूको बाक्लो उपस्थिति रहेको थियो ।