काठमाडौँ । भारतमा नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा राखी राष्ट्रिय मान्यता दिएको छ ।
नेपाली भाषालाई भारतमा राष्ट्रिय मान्यता दिलाउनमा पूर्व लोकसभा सांसद तथा सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको महत्त्वपूर्ण योगदान रहेको छ ।त्यस्तो ऐतिहासिक योगदान पुर्याउनुहुने भण्डारी कि जीवन सङ्गिनी दिलकुमारी भण्डारी नेपाल प्रज्ञा-प्रतिष्ठानमा भेटघाटका लागि आउनुभयो ।उहाँसँगै
कञ्चनजङ्घा राज्य विश्वविद्यालय सिक्किम तथा नरबहादुर भण्डारी सरकारी महाविद्यालय,गान्तोकका प्राध्यापक डा. टेकबहादुर क्षेत्रीसहितले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई,उपकुलपति विमलकृष्ण श्रेष्ठले ‘विमल निभा’लगायतसँग मैत्रीपूर्ण भेटघाट गर्नुभयो ।



