काठमाडौंँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा, कोश र व्याकरण) विभागद्वारा ‘बज्रयान सम्प्रदायमा बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक विचार–गोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे।


यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ षरिषद् सदस्य तथा भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ले सभाध्यक्षको रूपमा स्वागत मनतव्य राख्दै “सबैभाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान” भन्ने उद्वेश्यअनुरूप बज्रयान सम्प्रदायमा बेलविवाह संस्कारमा भाषाको प्रयोग’बारे गोष्ठी गरिएको हो ।नेवारको यस टिपिकल संस्कृतिबारे अरू जातजातिसम्म पनि पुगोस् भन्ने हेतुले नेपाली भाषामा नै यो कार्यपत्र प्रस्तुत गरिएको हो ।यसले सबै भाषा,सबै धर्म र संस्कृतिलाई घच्घच्याउने छ ।अरू पनि इही जस्ता मौलिक संस्कृतिमा प्रयोग हुने भाषाबारे कार्यक्रम निरन्तर हुँदै जाने बताउनुभएको थियोे ।यस गोष्ठीमा डा. बज्रमुनि बज्राचार्यले‘बज्रयान सम्प्रदायमा बेलविवाह संस्कारमा भाषाको प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।यस कार्यपत्रमाथिको टिप्पणी संस्कृतिविद् फणीन्द्ररत्न बज्राचार्यले गर्नुभएको थियोे ।
