काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, दर्शनशास्त्र विभाग र विपश्यना ध्यान केन्द्र दाङको सहकार्यमा ‘बुद्धदर्शन, विश्व शान्तिको आवश्यकता र शान्ति क्षेत्रको घोषणा’ विषयक विमर्श कार्यक्रमको आयोजना भएको थियोे।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।उहाँले प्रज्ञा-प्रतिष्ठानले भाषा र साहित्यसँगसँगै दर्शनशास्त्र र सामाजिकशास्त्रका क्षेत्रमा समेत काम गर्दै आएको छ।यसबारे प्रयाप्त बहस आवश्यक रहेको ओैल्याउँदै बुद्धदर्शनको अध्ययनमा लाग्नुपर्ने बताउनु भएको थियोे ।उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गराउनलाई राजनीतिक तहबाट पहल गर्न जरुरी रहेको बताउनु भएको थियोे।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा भाषा आयोगका सदस्य अमर गिरीले बुद्धदर्शनलाई विस्तारित गर्ने उद्वेश्यले थुप्रै काम भएको बताउँदै बुद्धले अन्धविश्वासविरुद्ध कारणलाई महत्त्व दिएको चर्चा गर्नुभएको थियोे।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र साहित्येतिहास )विभाग प्रमुख डा.मधुसूदन गिरीले ‘इन्डो प्यासिफिक’ र ‘बिआरआइ’रणनीतिका विषयले नेपाली समाजलाई प्रभावित नपार्ला भन्ने कुनै ठोस आधार छैन् ।यस रणनीतिबारे नेपाल चनाखो भएर सांस्कृतिक र राजनीतिक तहबाट सचेत रहनुपर्छ ।नेपाललाई द्वन्द्व र हिंसाबाट मुक्त गर्न बुद्धदर्शनलाई आत्मसात् गर्नु जरुरी रहेको बताउनु भएको थियोे ।उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गराउन व्यापक राजनीतिक इच्छाशक्ति रहनुपर्ने कुरा धन्यवाद ज्ञापनका क्रममा बताउनुभएको थियोे।













भिक्षु सागर धम्मले आफूभित्र द्वन्द्वलाई समाधान गर्नु नै बुद्दको दर्शन हो ।त्यसपछि मात्रै बाहिरी द्वन्द्वलाई समाधान गर्न सकिने बताउनु भएको थियोे ।त्यस्तै भिक्षु धम्मानन्दले बुद्ध दर्शनलाई आत्मसात् गरेर अघि बढे मात्रै शान्ति क्षेत्रलाई कार्यरूप दिन सकिने बताउनु भएको थियो ।बौद्वदर्शनका अभियन्ता दोर्जे छिरिङ लामाले द्वन्द्वको विकल्प शान्ति हो ।कोही पनि द्वन्द्वको मारमा नपर्नका लागि नेपाललाई शान्ति क्षेत्र घोषणा गराउने योजनासाथ लागि पर्नुपर्ने बताउनुभएको थियोे ।
उक्त विमर्श कार्यक्रममा प्राज्ञसभा सदस्यद्वय प्रकाश तिवारी र धर्मेश पोखरेल,मानबहादुर खत्री,डा.खेमबन्धु कोइराला,ऋषिराम लुम्साली ,अविकेशर अोली,शीतल गिरी ,वसन्त महर्जन र गोपीरमण उपाध्यायले सुझाव तथा जिज्ञासा प्रस्तुत गर्नुभएको थियो ।गायक सन्तोष श्रेष्ठले ‘एउटा शान्ति’शीर्षकको गीत प्रस्तुत गर्नुभएको थियोे ।कार्यक्रमको उद्घोषण प्राडा गोपालचिन्तन शिवाकोटीले गर्नुभएको थियो ।