काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा बालसाहित्य लेखनका क्षेत्रमा विश्वमा आइरहेको नयाँ प्रवृत्तिका बारेमा परिचर्चा कार्यक्रम सम्पन्न गरिएको थियोे ।

कार्यक्रममा बालसाहित्य सर्जक अनन्त वाग्ले र प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य अमर न्यौपानेले टिप्पणी गर्दै गोष्ठीपत्रले अत्यन्त महत्त्वपूर्ण विषय समेटेको बताउँदै आआफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको थियोे ।
सभाध्यक्षको आसनबाट उपकुलपति बिमलकृष्ण श्रेष्ठ” विमल निभा”ले समयानुसार बालसाहित्यमा नयाँ विषयले प्रवेश पाउनु स्वाभाविक भएको बताउनु भएको थियोे ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीलको सञ्चालन र समाजका महासचिव विजयराज आचार्यले स्वागत भाषण गरेको उक्त कार्यक्रममा डा. भरतकुमार भट्टराई, कार्तिकेय घिमिरे, भोलाकुमार श्रेष्ठ, इन्द्रप्रसाद अधिकारी, वैरागी जेठा लगायतले जिज्ञासा राख्नुभएको थियोे ।