काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले व्यानर वाचन गरेर ‘बान्तवा राई भाषाको साहित्य’विषयक कार्यपत्र तथा मातृभाषा कविता वाचन कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।यस अवसरमा उहाँले जनतासँग जोडिने उपक्रम र अभिष्टकै रूपमा बान्तवा भाषा र साहित्यबारे कार्यक्रम गरिएको हो ।यसले बान्तवा भाषा ,साहित्य र संस्कृतिलाई उजागर गर्ने छ भन्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव डा. धनप्रसाद सुवेदीले सम्पूर्ण मातृभाषाको जगेर्ना गर्न प्रज्ञा-प्रतिष्ठान तयार रहेको छ ।यसका लागि सरोकारवाला सबैजनाको साथ,सहयोग र सहकार्य अनिवार्य छ भन्नु भएको थियोे ।
कार्यक्रम समापनका क्रममा सभाध्यक्ष प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले सबै भाषाको उन्नायनमा लाग्ने र तिनको मौलिक रैथाने भाषा र साहित्यको जागरणमा लागिपर्ने बताउनुभएको थियोे ।
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा मासिक रूपमा ‘सिर्जना, संवाद र विमर्श’ अन्तर्गत ‘हरेक महिनाको अन्तिम शुक्रवार, मातृभाषा साहित्य शृङ्खला’मा ‘बान्तावा भाषाको साहित्य अवस्था :एक परिचर्चा ‘ विषयक कार्यपत्र निराजन राई ‘बतास’ले प्रस्तुत गर्नु भएको थियो।
यस कार्यपत्रमाथि तिलक
चाम्लिङ ,डा.सोमबहादुर धिमाल ,यासेलियोङहाङ र समीर मुखियाले पूरक टिप्पणी गर्नुभएको थियोे ।
यस मातृभाषा साहित्य श्रृङ्खलामा फरकफरक तीनवटा मातृभाषाका तीनजना कवि ‘नाछिरिङ भाषा’का कवि प्रतापसिं नाछिरिङ,’ताजपुरिया भाषाका कवि प्रमिला ताजपुरिया र ‘केवरत भाषा’का कवि हेमन्ती केवरतले आआफ्नो कवितावाचन गर्नुभएको थियोे । कार्यक्रमको उद्घोषण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।(२०८०१ वैशाख २८ गते शुक्रवार )