झापा ,कचनाकवल। २०८१ जेठ २५-२७ गते
नेपाल प्रज्ञा-प्रतिष्ठान ,नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र कचनकवल गाउँपालिकाको सहकार्यमा ‘बहुभाषिक साहित्य ,सङ्गीतकला केन्द्र`झापाको आयोजनामा ‘अन्तर्राष्ट्रिय बहुभाषिक साहित्य ,सङ्गीत तथा पर्यटन प्रवर्धन महोत्सव जेठ २५देखि २७ गतेसम्म आयोजना गरिएको थियोे ।

यसपछि किचकबध,केचनाझिल,नेपाल भारत जङ्गे पिलर ११९(९)र कमलधाप लगायतका विभिन्न सम्पदा क्षेत्रको नेपाल,भारत र भुटानका गरी चार दर्जनभन्दा बढी स्रष्टाको सहभागिता रहेको थियोे ।यस भ्रमणको स्वागत कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले गर्नुभएको थियोे ।यहाँ उपस्थित स्रष्टाहरूबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियोे ।
महोत्सवको दोस्रो दिनका प्रमुख अतिथि
सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्माले कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले २७ भाषालाई समेटिएको ‘अन्तर्राष्ट्रिय बहुभाषिक कविता`सङ्ग्रहको लोकार्पण गर्दै यस महोत्सवले भाषा,साहित्य र सङ्गीत लगायतलाई एकसाथ जोड्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो पहिचान स्थापित गरेकोमा खुसी व्यक्त गर्नुभएको थियोे ।

यस महोत्सवका अतिथि प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुमित्रा बाङ्देल राई चेली, सङ्गीत प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य देवकुमार चौधरीलगायत उपस्थित रहनुभएको थियोे ।यस कार्यक्रममा कार्यपत्र प्रस्तुत ,विभिन्न कविहरूले कविता वाचन तथा कलाकारहरूले जातीय गायन र नृत्य प्रस्तुत गर्नु भएको थियोे ।
उक्त महोत्सवको अध्यक्षता `बहुभाषिक साहित्य ,सङ्गीत र कला’ केन्द्रका अध्यक्ष एवम् नाट्य तथा सङ्गीत प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलले गर्नुभएको थियोे ।उहाँले महोत्सवको समापनका क्रममा उद्वेश्य, साहित्यिक र सांस्कृतिक महत्त्वका विषयमा आफ्नो धारणा राख्नु भएको थियोे ।महत्वका साहित्यिक संयोजक मिलन ढुङ्गानाले कार्यक्रमको परिचय र महत्त्वबारे प्रकाश पार्नुभएको थियोे ।
