काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा (नेपालीभाषा,कोष तथा व्याकरण )विभागद्वारा ‘मातृभाषा लेखनमा देवनागरी लिपिको प्रयोग र मानकीकरण’ विषयक विचारगोष्ठी प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे ।
यसै क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले धन्यवादका क्रममा देवनागरी लिपिमा मातृभाषाको लेखन र प्रयोगमा एकरूपता कायम गर्नका लागि विमर्श हुनु आवश्यक रहेको बताउनुभएको थियोे ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रम समापनका क्रममा विभिन्न सरोकारवाला सङ्घसंस्था,विषयगत विज्ञको निर्क्योलका आधारमा ‘देवनागरी लिपिमा मातृभाषाको लेखन र प्रयोगमा एकरूपता’ कायम गर्नेबारे व्यापक बहस हुनुपर्ने बताउनुभएको थियोे ।यसैगरी भाषा(मातृभाषा कोष तथा व्याकरण )विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव)ले देवनागरी लिपिमा लेखिने मातृभाषालाई एकरूपतामा ल्याउने बारे सबै पक्षको धारणा सुन्न पनि कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियोे ।
कार्यपत्र भीमनारायण रेग्मीले ‘मातृभाषा लेखनमा देवनागरी लिपिको प्रयोग र मानकीकरण’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । विभिन्न सहभागीहरूले उक्त कार्यपत्रमाथि जिज्ञासासहित सुझाव प्रस्तुत गर्नुभएको थियोे ।यस कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा-प्रतिष्ठानका सन्तोष राईले गर्नुभएको थियोे ।


