काठमाडौँ । नेपाल सरकारले “सगरमाथा वृक्षारोपण महाअभियान” घोषणा गरेको थियोे। यसैअनुरूप नेपाल प्रज्ञा-प्रतिष्ठानका तर्फबाट प्रतिष्ठान परिसरमा कुलपति भूपाल राई र सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरू तथा कर्मचारी लगायतले वृक्षारोपण गरेका थिए।
नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न यस वर्षदेखि हरेक वर्ष (सन् २०४५ सम्म अर्थात् २० वर्षसम्म) असार १४ देखि साउन १५ सम्म “सगरमाथा वृक्षारोपण” महाअभियान सञ्चालन गर्ने घाेषणा गरेको थियोे । तसर्थ प्रतिष्ठानले आँप, लिची, कटहर लगायतका फलफूलको वृक्षारोपणको आयोजना गरेको थियोे ।





