पूर्व मन्त्री राजनीतिज्ञ ,समाजसेवी तथा लेखक धर्मरत्न यमिको १०८अौँ जन्मजयन्ती समारोह सम्माननीय पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख
आतिथ्यमा सम्पन्न भयो ।उहाँले धर्मरत्न यमि लिखित २१ वटा पुस्तक नेपाल प्रज्ञा-प्रतिष्ठान प्रज्ञा पुस्तकालय र आशा सफुकुथिलाई हस्तान्तरण गर्दै यमि त्यस समयका सचेत राजनीतिज्ञ र इमानदार लेखक भएको बताउनुभयो ।


यस समारोहको अध्यक्ष धर्महिरा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.तिमिला यमि थापाले गर्नुभयो ।(२०८० भदौ ३ गते,आइतबार )
