काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच
वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई “प्रज्ञा नेपालीभाषा साहित्यिक पत्रकारिता पुरस्कार” र अर्का वरिष्ठ साहित्यिक पत्रकार तथा नेपालभाषाको साहित्यिक पत्रिका “थौंकन्हे” का सम्पादक रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’-२०८० नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा सभाध्यक्ष भूपाल राईले पानसमा बत्ती बालेर समारोहको समुद्घाटन तथा पुरस्कार वितरण गर्नुभएको थियोे ।



यसैगरी श्रेष्ठ विस२००८ वैशाखमा प्रकाशित नेपालभाषाको साहित्यिक मासिक “थौंकन्हे” मा २०४५ सालमा आबद्ध हुनुभएको थियोे।साथै श्रेष्ठको सम्पादकत्व तथा प्रकाशकत्वमा २०६२मा जिप्रका काठमाडौँमा दर्ता भएयता “थौंकन्हे”को प्रकाशन हुँदै आएको पाइन्छ ।
यसै क्रममा कुलपति राईले साहित्यिक पत्रकारितामा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई पहिलोपटक “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”वितरण गर्न पाउँदा आफूलाई गौरव महसुस हुनु स्वाभाविक हो । मूलतः साहित्यिक पत्रकारिता स्रष्टा उत्पादनशाला र प्राज्ञिक खुराक हो।जसले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विचार र चिन्तनको उत्पादन गर्न सक्षम साहित्यिक पत्रकारितामा जीवन जिइएका व्यक्तित्वको योगदानलाई चम्काउन “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”को स्थापना गरेको बताउनुभएको थियोे । यसै क्रममा कुलपति राईले साहित्यिक पत्रकार स्वयम्मा अभिच्छिन्न चेतनाका उत्तराधिकारी भएपनि यथास्थितिविरुद्धको विच्छिन्न चेतनाबोध गरेर अघि बढ्नुपर्नेमा थप जोड दिनुभएको थियोे ।




साहित्य र साहित्यिक पत्रकारिता क्षेत्रका विशिष्ट साधकलाई पहिलोपटक प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभएको थियोे ।
यसैगरी प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले पुरस्कृत प्रतिभाबारे परिचयात्मक मनतव्य दिँदै अग्रज र विशिष्ट साहित्यिक पत्रकारलाई “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”ले सम्मानित गर्नु भनेको उहाँहरूले पुर्याएको योगदान नै मुख्य हो भन्नु भएको थियोे।
यसैगरी अतिथिद्वय एवम् भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल र मधेसी आयोगका सदस्य आभासेतु सिंहले आआफ्नो शुभकामना मनतव्य राख्नुभएको थियोे ।

सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला