नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा’ (विज्ञसमीक्षित शोधपत्रिका)अङ्क- १,पूर्णाङ्क १२५,२०८० साउन -२०८० पुस अङ्क प्रकाशित भएको छ। प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी प्रधान
सम्पादक ,सम्पादक मण्डलमा प्राज्ञ परिषद् सदस्य डा.कृष्णराज अधिकारी,डा. प्रेम चौलागाईं,डा. अम्बिका अर्याल,बद्रीप्रसाद ढकाल तथा कार्यकारी सम्पादकमा प्राज्ञसभा सदस्य डा.बालाकृष्ण अधिकारी रहनु भएको छ।यो एक सङ्ग्रहणीय अनुसन्धानमूलक पत्रिकाको रूपमा प्रकाशित हुँदै आएको छ।



