पाल्पा । नेपाल प्रज्ञा-प्रतिष्ठान तथा नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाको अायाेजनामा ऐतिहासिक धरोहर रानी घाटको रानी महलमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियोे । उक्त कार्यक्रममा दर्जन बढी कविहरूले कविता वाचन गर्नुभएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य ) विभाग प्रमुख बाबा बस्नेतले पर्यटन र साहित्यलाई व्यापक बनाउनका लागि पाल्पाको ऐतिहासिक स्थल रानीमहलमा प्रज्ञा- प्रतिष्ठानले कविगोष्ठीको आयोजना गरेको बताउँदै कविता विधाको उत्थान र विकासका लागि सम्पूर्ण साहित्यिक सर्जकहरू लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियोे।

प्रगतिशील लेखक सङ्घ पाल्पाका अध्यक्ष रामप्रसाद अर्यालले प्रज्ञा-प्रतिष्ठानले पाल्पामा समन्वय गरी यो कार्यक्रमको अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियोे। नारी साहित्य प्रतिष्ठान काठमाडौँका अध्यक्ष गीता कार्कीले नारीका संस्थाहरूबिच समन्वय गरी रचनात्मक कार्य गर्दै जाने बताउनु भएको थियोे । नारी उन्नायन विकास प्रतिष्ठानकि पूर्व अध्यक्ष लछिमा ज्ञावलीले साहित्य र पर्यटन प्रवर्धनलाई समेत जोडेर आगामी दिनहरूमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनु भएको थियोे।
कार्यक्रममा कविहरू प्राज्ञ बाबा बस्नेत ,सन्ध्या पहाडी,गीता कार्की ,
रामप्रसाद अर्याल ,लछिमा ज्ञावली,आयम कार्की , शारदा खनाल ,मन्जु कोइराला ,सिताराम घिमिरे ,गोविन्द खनाल र मन गहिरे लगायतले कविता वाचन गर्नुभएको थियोे। कार्यक्रममा सहभागी कविहरूलाई प्रमाणपत्र समर्पण गरिएको थियो ।कार्यक्रम नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाका अध्यक्ष मन गहिरेको अध्यक्षता ,सचिव मन्जु कोइरालाले उद्घोषण र कोषाध्यक्ष कल्पना भट्टराईले स्वागत मनतव्य
राख्नु भएको थियो।