काठमाडौँ । आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले वडा दसैँ २०८१,तिहार,नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियोे। साथै विभिन्न चिट्ठाको कार्यक्रम पनि सञ्चालन गरेको थियो ।
प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले शुभकामना मनतव्यका क्रममा दसैँ हिन्दुहरूको सांस्कृतिक पर्व भए पनि अनेकौँ विकृतिहरू देखिन थालेका छन् ।त्यस्ता प्रवृत्ति र फजुल खर्चबाट जोगिनुपर्ने बताउँदै उहाँले दसैँलाई सामाजिक सदभावसहित मितव्ययी ढङ्गले मनाउन जोड दिनु भएको थियोे। आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगरको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियोे। अध्यक्ष मगरले सांस्कृतिक अस्तित्वका आधारमा दसैँ पर्वलाई आफ्नो गच्छेअनुसार मनाउन जोड दिनु भएको थियोे ।
कार्यक्रमको उद्घोषण आधिकारिक ट्रेड युनियनका सचिव झनप्रसाद अधिकारीले गर्नुभएको थियोे ।