काठमाडौँ । आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले तिज पर्व -२०८१ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको थियोे ।
प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले तिज महिलाहरूको सुखदुःख र स्नेहसँग जोडिएको पर्व हो ।तिजलाई विकृति र अन्धविश्वासबाट जोगाउँदै महिलामुक्तिमैत्री बनाउनुपर्ने बताउनु भएको थियोे।उहाँले सांस्कृतिक संस्थानबाट प्राप्त तिज विशेष मायाको चिन्ह प्रज्ञा-प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियोे ।
अतिथि एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले तिज पर्वलाई प्रतिष्ठानका कर्मचारीले सिर्जनशील रूपमा मनाएकोमा खुसी व्यक्त गर्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले तिजलाई महिलाको पहिचान र प्रतिरोधसँग जोडेर मनाउन थाल्नुपर्ने बताउनु भएको थियोे। कार्यक्रममा “समृद्धि बरीलै” शीर्षकको तिज गीत प्रज्ञा-प्रतिष्ठानमा कार्यरत महिला कर्मचारीहरू गायत्री सिग्देल ,सविना ज्ञवाली ,मिना आचार्य,दुर्गा शर्मा,लक्ष्मी ज्ञवाली, रीता दाहाल,राधिका अधिकारी ,हिरा कटुवाल,विना पराजुली र कल्पना भण्डारीलगायतले प्रस्तुत गर्नुभएको थियोे।
अाधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगरको
अध्यक्षतामा उक्त कार्यक्रम भएको थियोे। तिज पर्वलाई भड्किलो नबनाई असल संस्कृतिको रूपमा अघि बढाउन अध्यक्ष मगरले जोड दिनुभएको थियो । उक्त आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष किरणकुमार अधिकारीले स्वागत मनतव्य र कार्यक्रमको उद्घोषण आधिकारिक ट्रेड युनियनका सचिव झनप्रसाद अधिकारीले गर्नुभएको थियोे ।
उक्त कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका महिला कर्मचारीहरूले प्रस्तुत गरेको तिज गीत यस प्रकार रहेको छ:-
परम्परा संस्कृतिसाई जोगाउन
हामी नारी तिजको भाका भर्छौ बरीलै ३
मञ्चमा आसिन सबै स्रष्टा मनुलाई
प्रज्ञाबाट स्वागत गर्छौँ बरीलै ३
मुस्कानसहित, सेवा हाम्ले दिनुछ
पीडा दुःख कष्ट सबै भुली बरीले ३
नैतिकवान् जिम्मेवार बनेर
सार्वजनिक सेवा दिओैँ खुली बरीलै ३
सीमित तलब हात मुख जोर्न गाह्रो छ
घरव्यवहार कसरी गरौँ बरीलेै ३
भ्रष्टाचरमुक्त, उत्तरदायी प्रशासन
सक्षम र पारदर्शी पारौँ बरीलै ३
संविधानमा, हक अधिकार लेख्या छ
व्यवहारमा समान गर्न जुटौँ बरीलै ३
नारीमाथि, हत्या हिंसा रोक्नलाई
हामी नारी एकजुट भई उठौँ बरीलै ३
हाम्लाई प्यारो, हाम्रो आफ्नै संस्कृति
विकृति तडकभडक छोडौँ बरीलै ३
हाम्रै भाषा भेषभूषा राम्रो छ
सबै कला संस्कृति जोडौँ बरीलै ३
देशको कथाव्यथा तिजको भाकामा
हामी साथी मिलेर गायौ बरीलै ३
तिजका चेली सात डाँडा पारी छौ
माइती राजै आउन पाइनौ बरीलै ३
समाजिक न्याय, समावेशी शासन
सुशासन समृद्धि छाओस् बरीलै ३
नाच्न आयौँ तिजको भाका गायौँ
शान्ति छाओस् सद्बुद्वि आओस् बरीलेै ३।