काठमाडौँ ।२०८१ असार ५ गते बुधवार । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ओैँ वार्षिकोत्सवका अवसरमा आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले अन्तरकर्मचारी हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियोे ।
प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कर्मचारीहरूले बहस र विमर्शमा भाग लिएर सिर्जनशील बन्नुपर्नेमा जोडदिनु भएको थियोे । कुलपति राईले एकवटा प्रश्न सोधेपछि हाजिरीजवाफ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे ।
कवि तथा क्विज मास्टर भीम राना जिज्ञासुले हाजिरीजवाफ सञ्चालन र प्रतियोगिताको नियमका बारेमा चर्चा गर्नुभएको थियो ।
हाजिरीजवाफ प्रतियोगितामा अनिता कार्की र जानकी धामी रहेको समूह’ B’ प्रथम र अन्जत थापा मगर र नविनराज चौलागाईं रहेको समूह’ A’ले द्वितीय स्थान हासिल गरेको थियोे ।
कार्यक्रमको अध्यक्षता आधिकारिक ट्रेड युनियन (नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ,नेपाल प्रज्ञा-प्रतिष्ठान) केन्द्रीय समितिका अध्यक्ष धनबहादुर कार्कीले गर्नुभएको थियोे।उक्त समितिका सदस्य तथा प्रज्ञा-प्रतिष्ठान प्रेस शाखाका उपप्रमुख इन्द्रप्रसाद सुवेदीले स्वागत मनतव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उक्त युनियनका सचिव रामकुमार बोहोराले गर्नुभएको थियोे ।