काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिले ११४ औँअन्तर्राष्ट्रिय नारी दिवस -२०८०को आयोजना प्रतिष्ठानको देवकोटा कक्षमा गरेको थियोे।यस अवसरमा ‘ नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा महिलाको भूमिका ‘विषयक विचारगोष्ठी तथा कविता वाचन कार्यक्रमसमेत भएको थियोे । यस कार्यक्रमको उद्घाटन कुलपति राईले कविता वाचन गरेर गर्नुभएको थियोे ।यस अवसरमा उहाँले हजारौँ वर्षदेखिको पुरुष मनोविज्ञान हटाउन कठिन रहेको बताउनुभएको थियो ।यसैक्रममा उहाँले महिला अस्तित्वमाथि पितृशक्ति हाबी भएको छ,हिंसा बढ्दो छ ।महिलाहरू भाषिक ,सामाजिक र सांस्कृतिक रूपमा मुक्ति आन्दोलन लडिरहेका छन् ।यसलाई पुरुष मानसिकताले साथ दिनु जरुरी रहेको बताउनु भएको थियोे ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।यस्तै कविता वाचन प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय बाबा बस्नेत र डा. कौशिला रिसाल , उषा शेरचन ,सन्ध्या पहाडी ,गीता कार्की,प्रगति राई ,रीमा केसी,विमला तुम्खेवा र राधा कार्कीले कविता वाचन गर्नुभएको थियोे ।




फागुन २३ गते बुधवार )