काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी–२०८२ आयोजना गर्ने भएको छ ।
आगामी २०८२ जेठ १६ र १७ गते प्रज्ञा–प्रतिष्ठानमा नै सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
“सबै भाषा, सबै ज्ञान : सबैको प्रज्ञा–प्रतिष्ठान”भन्ने मूल सन्देशसहित प्रज्ञाको सामाजिक शास्त्र विभागले सो कार्यक्रम गर्न थालेको बताएको छ।
सङ्गोष्ठीका लागि मुख्य विषय ‘नेपाली समाजका विविधताहरू’ निश्चित गरिएको छ भने सहायक विषयमा १. समाजवादउन्मुख अर्थतन्त्र, २. पर्यावरणको वैज्ञानिक विश्लेषण, ३. सामाजिक विभेदले पारेको प्रभाव, ४. भाषिक–सांस्कृतिक पक्ष, ५. वैज्ञानिक समाजवाद र संस्कृति, ६. द्वन्द्व र शान्तिनिर्माण प्रक्रियामा समाज, ७. उत्पीडनले पारेका प्रभावहरू, ८. सामाजिकशास्त्र अध्ययनका आयामहरू, ९. सीमान्तकृत समुदायका सवालहरू, १०. स्वास्थ्यविज्ञानको विश्लेषण, ११. सामाजिक शास्त्रसँग सम्बन्धित विविध विधाहरू निश्चित गरिएको प्रज्ञा-प्रतिष्ठानले जनाएको छ ।
सङ्गोष्ठीका लागि प्रस्तावित अनुसन्धानात्मक लेखहरू आगामी वैशाख १५ गतेभित्र प्रज्ञामा पठाइसक्नुपर्ने छ । वैशाख २५ गतेभित्र लेख स्वीकृत भए/नभएको जानकारी दिइनेछ । जेठ ५ गते कार्यक्रमको तालिकासहित लेख स्वीकृत भएका लेखकलाई जानकारी दिइएपछि जेठ १० गते पावरप्वाइन्ट फर्मेटमा सम्बन्धित लेखकले लेख बुझाउनुपर्नेछ ।
कार्यक्रममा प्रस्तुत लेख सामाजिकशास्त्र विभागद्वारा प्रकाशन गरिने विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘समाज अन्वेषण’ मा प्रकाशन गरिने प्रज्ञाले जनाएको छ ।तीन हजारदेखि चार हजार पाँच सय शब्द सीमा तय गरिएको सो सामग्री निम्न इमेल दिइएको छ :
rishalkaushila369@gmail.com
mukttinath@gmail.com
bishnukumarsinjali@gmail.com