काठमाडौँ ,२०८२ असार २४ गते शुक्रवार।नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित नियमित ‘मातृभाषा साहित्यको २३ओैँ शृड्खला’को समुद्घाटन नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर वाचन गरेर गर्नुभएको थियोे ।उहाँले सङ्घीय ,प्रादेशिक र स्थानीय प्रज्ञा-प्रतिष्ठानबिच समन्वय र कार्यविभाजन स्पष्ट नहुँदा एउटै कामको पुनरावृत्ति भइरहेको बताउनु भएको थियोे ।लोपोन्मुख भाषाको जर्गेना गर्ने काममा स्थानीय सरकारको सक्रियता हुनुपर्ने कुरा सदस्य सचिव सुवेदीले बताउनुभएको थियोे।









कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले आदिवासी जनजातिका भाषा,साहित्य र संस्कृतिको उजागर गर्न मातृभाषा साहित्य शृङ्खलाले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको थियोे।उहाँले आगामी शृङ्खलादेखि दुईवटा मातृभाषा र साहित्यका बारेमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभएको थियोे ।
कार्यक्रममा `सुरेल भाषाको साहित्य’विषयक प्रस्तुति डम्बर अर्पणको रहेको थियोे ।उक्त प्रस्तुतिमाथि बयान सिंह,डा. सोम धिताल ,समिर मुखिया र टेकबहादुर गुरुङले सहभागीका तर्फबाट जिज्ञासा राखेका थिए। अतिथि कवि जयन्ती सत्याल स्पन्दनले खसभाषा, जगबहादुर बुढाले काइके मगरभाषा र बयानसिं राईले चाम्लिङ भाषामा कवितावाचन गर्नुभएको थियोे।
कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे।