काठमाडौँ ।२०८१ जेठ ३२ गते शुक्रवार।
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य’को एघारौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको थियोे । सामूहिक रूपमा राष्ट्रिय गान ‘सयौँ थुँगा..!’ गाएलगतै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।
कार्यक्रममा ‘मैथिली भाषाको साहित्य’ विषयक कार्यपत्र कवि तथा पत्रकार
विजेता चौधरीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि आफ्नो धारणा राख्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले आठौँ शताब्दीबाट सुरु भएको भनिएको मैथिली समृद्ध र प्राचीन साहित्य हो ।मैथिली भाषा-साहित्यको उन्नायनमा अझै सक्रिय हुन अावश्यक रहेको बताउनु भएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यसहित कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै नेपालीय मैथिली भाषा र साहित्य समृद्ध रहेको बताउनु भएको थियोे ।
कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले उक्त कार्यपत्र र मातृभाषाका कविताको वाचनबारे आफ्नो धारणा राख्नु गर्नुभएको थियोे । उहाँले ‘ मैथिली भाषा र साहित्यले पुर्याएको योगदानका बारे आजको एघारौँ शृङ्खलामा चर्चा गरिएको हो ।यसले मैथिली भाषा र साहित्यको समृद्धि र सिर्जनात्मक मूल्यलाई आत्मसात् गरेको छ उल्लेख गर्नुभएको थियोे ।
कार्यपत्रमाथि प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिव),प्राज्ञ धीरेन्द्र प्रेमर्षी र भूपध्वज लगायतले कार्यपत्रमाथि पूरक टिप्पणी गर्नु भएको थियोे ।
कार्यक्रममा तीन मातृभाषाका तीन कविहरू कुमाल भाषाबाट रेनुका कुमाल,चेपाङभाषाबाट
नेपोलियन चेपाङ र उर्दुभाषाबाट हाजी गुलाम मुस्तफा नुरीले कविता वाचन गर्नुभएको थियोे ।
कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियोे ।