काठमाडौँ । “सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे। उक्त पुस्तक प्रदर्शनी २०८२ पुस ११देखि २६ गतेसम्म रहने छ।
उक्त प्रदर्शनीबाट पुस्तक खरिद गर्ने व्यक्ति वा संस्थाका लागि १५देखि ४० % सम्म रकम छुट दिइएको छ । प्रदर्शनीमा अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशीकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र ‘पेरी पाेइएतिकेस’ लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ। यस प्रदर्शनीमा पुरानादेखि नयाँसम्म नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका महत्त्वपूर्ण पुस्तकहरू राखिएको छ।प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू पाठकसामू पुर्याएर पठन संस्कृतिलाई विस्तार गर्न उक्त प्रदर्शनीले सहयोग पुर्याउने छ।प्रदर्शनीमा अनुसन्धानात्मक,संस्कार र संस्कृति तथा विभिन्न मातृभाषाका काेशहरू समेत राखिएको छ।



























