काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य’को तेह्रौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको थियोे । सामूहिक रूपमा राष्ट्रिय गान ‘सयौँ थुँगा..!’ गाएलगतै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको समूद्घाटन गर्नुभएको थियोे ।
कार्यक्रममा ‘डोटेली साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र डा.बद्री शर्मा ‘बिनाडी’ ले प्रस्तुत गर्नुभएको थियो ।उहाँले डोटेली साहित्यको वर्तमान अवस्था, इतिहास ,आरोह र अवरोहबारे चर्चा गर्नुभएको थियोे ।
कार्यपत्रमाथि आफ्नो धारणा राख्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले डोटेली साहित्यको आठ सय वर्ष पुरानो इतिहास रहेको छ ।डोटेली भाषा साहित्यले नेपाली साहित्यमा महत्त्वपूर्ण स्थान राखेको छ ।यसको संरक्षण गर्न सबैले विशेष भूमिका खेल्नुपर्ने बताउनु भएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र साहित्येतिहास)विभाग प्रमुख डा. मधुसूदन गिरीले स्वागत मनतव्यका क्रममा नेपालमा बोलिने भाषा र भाषिका बिचको अन्तरलाई खुट्याउनु पर्ने बताउनुभएको थियोे ।उहाँले भाषिकामा देखापर्ने सानातिना अन्तरलाई लिएर भाषा र समुदायबिच विभाजन गराउन अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बारे अङ्कित गर्नुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले कतिपय मातृभाषाहरू
विस्तारवाद,उपनिवेशवाद र साम्राज्यवादको शिकार भएको उल्लेख गर्दै अब आआफ्ना भाषा र भाषिकालाई तङ्ग्रिन दिनुपर्नेमा जोडदिनु भएको थियोे ।
उक्त कार्यपत्रमाथि प्राज्ञसभा सदस्य डा.कृष्णराज सर्वहारी ,पूर्व प्राज्ञसभा सदस्य बुलु मुकारुङ र शिवप्रसाद जैसीले पूरक टिप्पणी गर्नुभएको थियोे ।यसैगरी कलाकार हिरन राईले ‘बिनायो र पात ‘बजाएर रैथाने बाजाको धुन प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा अछामी भाषाको कविता शिवराज शैसी ,बाजुरेली भाषाको कविता रमा खड्का र कुलुङ भाषाको कविता मनबहादुर कुलुङले वाचन गर्नुभएको थियोे।
कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियोे ।