काठमाडौँ ।२०८० फागुन २९गते मङ्गलवार ।
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृभाषा साहित्य शृङ्खलाको नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियोे।

यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठान प्रत्येक मातृभाषाको उत्थान र प्रवर्द्धन गर्न लागि परेको बताउनु हुँदै मातृभाषाविना बाँच्न र जिउन कठिन हुने बताउनुभएको थियो ।
यसैगरी कार्यक्रमका सभाध्यक्ष ,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा भनेको आफ्नै आमाको भाषा भएकाले हामीआफैँ जागृत हुनुपर्ने बताउनुभएको थियोे ।उहाँले आफू बान्तवाभाषी भए पनि चाम्लिङ भाषा आफ्नो मातृभाषा सरह रहेको बताउँदै आगामी मातृभाषा शृङ्खला-नौँमा वाम्बुले राईभाषा साहित्यका विषयमा कार्यपत्र प्रस्तुत हुने बताउनुभएको थियो । प्रत्येक शृङ्खलामा फरकफरक मातृभाषाबाट तीनवटा कविता वाचन गर्ने गरिएको छ ।

प्रस्तुत कार्यपत्रमा चाम्लिङ मातृभाषाको स्थिति, काल विभाजन ,पाठयपुस्तक प्रकाशन ,पत्रपत्रिका प्रकाशन,सोसल मिडियाको प्रभाव र चाम्लिङ साहित्य कृतिलगायतका बारेमा चर्चा गरिएको थियोे ।
उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट बयानसिंह राई,सोमबहादुर धिमाल र मानबहादुर राईले पुरक विचार राख्नुभएको थियोे ।
यस कार्यक्रममा मैथिली भाषामा बिजेता चौधरी ,बायुङ राई भाषामा वसन्त बायुङ राई , दुमी राई भाषामा प्रयास दुमी राईले कविता वाचन गर्नुभएको थियो । यस कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।