काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको ‘मातृभाषा साहित्य’को १५अौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे।यस अवसरमा भाषा अध्येता अर्जुन खालिङद्वारा रचित ‘खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।
‘प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा-प्रतिष्ठानको मातृभाषा साहित्य शृङ्खला सञ्चालन भएपछि विभिन्न जातजाति र भाषाभाषीमा उत्साहजनक जागरुकता र चासो देखा परेको छ। यसै क्रममा ‘खालिङ भाषा साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श भएको हो। तथापि पुँजीवादी चिन्तन र राज्यसंयन्त्रको प्रभावका कारण मातृभाषीले नै मातृभाषा बोल्न छाडेका छन्।यसले गर्दा मातृभाषामा सङ्कटापन्न अवस्था सिर्जना भइरहेको छ । त्यस्तो अवस्थाबाट जोगिँदै ‘खालिङ भाषा र साहित्य’ अघि बढ्नुपर्ने बताउनु भएको थियोे ।

कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा शृङ्खलाले मातृभाषी कविमा निकै ऊर्जा थपिएको छ।हाम्रो मेहनत र पसिनाले पुर्खाको भाषा र कथा बचाएका छौँ ।त्यसैले मातृभाषा ,साहित्य र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो। यसै अनुरूप खालिङ भाषा साहित्यको वर्तमान अवस्थाबारे विमर्श गरिएको हो ।नेपालमा बोलिने सबै मातृभाषाको इतिहासलेखन, सिर्जना र खोजअनुसन्धानमा प्रज्ञा-प्रतिष्ठान निरन्तर लागिपरेको बताउनुभएको थियोे।
कार्यक्रममा कलाकार धर्ममुनिकारले रैथाने बाजा बाँसुरी प्रस्तुत गर्नु भएको थियोे ।त्यस्तै माझी भाषाका कवि कोपिला माझी र थकाली भाषाका कवि रामबहादुर थकालीले कविता वाचन गर्नुभएको थियोे ।यसैगरी सहभागीका तर्फबाट रामबहादुर पहाडी,सुरेन शाक्य,प्रताप नाछिरिङ,रचना तामाङ,वदन शर्मा , गणेशकुमार राई ‘गीलु रातोस’ विसन खालिङ र धन बाहिङले सुझाव तथा जिज्ञासा प्रस्तुत गर्नु भएको थियोे ।उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियोे।