•नेपाल प्रज्ञा-प्रतिष्ठानले शेर्पा भाषाको पत्रिका ‘चोमोलुङ्मा’ प्रकाशि गर्ने भएको छ। प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले ४६ वटा मातृभाषालाई समेटेर ११ वटा मातृभाषाका पत्रपत्रिका प्रकाशित गरिसकेको छ। प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङको अध्यक्षतामा २०८२ साल कार्त्तिक १२ गते बुधवार बसेको वैठकले उक्त निर्णय गरेको हो।उहाँले जनजातिका मातृभाषा, साहित्य ,संस्कृति ,इतिहास , सभ्यता र थातथलोमाथि अतिक्रमण हुँदै आएको छ । यस चपेटाभित्र परेको शेर्पा जातिको अस्तित्व र पहिचानलाई जोगाउँदै ‘शेर्पा भाषा र साहित्य’ को संरक्षण गर्नका लागि पनि ‘चोमोलुङ्मा’ प्रकाशन गर्न लागेको बताउनुभयो ।
•’चोमोलुङ्मा’ पत्रिकाको प्रधान सम्पादकमा प्राज्ञ राजन मुकारुङ ,सम्पादक मण्डलमा
ङवाङ शेर्पा,फुरी शेर्पा,डोल्मा शेर्पा ,पासाङ टासी शेर्पा तथा कार्यकारी सम्पादकमा दावा शेर्पा (डि. एन.) रहने निर्णय भएको छ।उक्त पत्रिका ग्याल्पो ल्होसारको अवसरमा
२०८२ साल फागुन ६ गतेभित्र प्रकाशित हुने भएकाले यथाशीघ्र लेख रचना उपलब्ध गराउन आह्वान गरिएको छ।
सम्प्रेषण प्राज्ञ : चेतनाथ धमला

