काठमाडौँ । २०८२/१/३० गते । नेपाल प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा
भाषा ,साहित्य,सामाजिक शास्त्र , दर्शनशास्त्र ,अनुवाद र संस्कृति लगायतका विधामा विशेष योगदान पुर्याउनु भएका १० जना स्रष्टा व्यक्तित्वलाई एक समारोहबिच पुरस्कृत गरिएको हो।


•समारोहका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कृत व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै भाषा,साहित्य ,संस्कृति नै पहिचाहन भएको बताउँदै १२४ भाषाको ज्ञान प्रणालीसँग प्रज्ञा-प्रतिष्ठान एकाकार हुनुपर्नेमा जोड दिँदै प्रज्ञाको घर हार्डवयर भए जस्तै यसभित्रका सफ्टवयर भनेका दिमाग र चिन्तन भएको बताउनुभएको थियोे । प्राज्ञिक चिन्तन नै मुख्य रहेको कुरा कुलपति राईले बताउनु भएको थियोे।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले उद्घोषणका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै विशिष्ट योगदान पुर्याएका विधागत प्रतिभालाई पुरस्कृत गरिएको बताउनु भएको थियोे।प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले स्वागत मनतव्यका क्रममा प्राज्ञिक योगदान पुर्याएका विशेष व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताउनु भएको थियोे।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले पुरस्कृत स्रष्टा व्यक्तित्वको विधागत योगदान बारे चर्चा गर्दै खास समयमा सिर्जनात्मक र अनुसन्धानात्मक योगदान गरेकालाई नै प्रज्ञा-प्रतिष्ठानले पुरस्कृत गरेको बताउनुभएको थियो।
•समारोहमा पुरस्कृत स्रष्टाका तर्फबाट गोपीरमण उपाध्याय , शारदारमण नेपाल,जसराज किराती,दिल साहनी ,भविलाल लामिछाने ,डा.बलराम अधिकारीले आआफ्नो मनतव्य राख्नुभएको थियो।
•प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर २०८१साल फागुुन ९ गतेका दिन ‘ पहाडी र हिमाली क्षेत्रतर्फ गणेश वाम्बुले राई र तराई-मधेस क्षेत्रतर्फ कमलसिं रानालाई मातृभाषा साहित्य पुरस्कार २०८१’समर्पण पहिल्यै गरेको थियोे ।









































