काठमाडौँ ।२०८१ फागुन २५ गते आइतवार।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२औँ प्राज्ञसभाको समुद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले गर्नुभएको थियोे ।प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञा-प्रतिष्ठानले पुर्याएको योगदान विशिष्ट रहेको बताउँदै देशमा प्रतिक्रान्तिको सङ्केत देखिएकाले स्रष्टाहरू त्यसविरुद्ध पनि लागिपर्नुपर्ने बताउनुभएको थियोे।उहाँले सांस्कृतिक क्षेत्र राज्यको तहबाट ओझेलमा पर्नु नहुने कुरामा जोड दिनु भएको थियोे । उद्घाटन सत्रका अतिथि भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा,साहित्य र संस्कृतिको मूल्य स्थापित गर्दै पश्चगमनविरुद्ध समाजवादी संस्कृतिका पक्षमा लाग्न जोड दिनुभएको थियोे।
उद्घाटन सत्रका अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले आफू प्राज्ञिक सहकार्य गर्न तयार रहेको बताउनुभएको थियोे।

उद्घाटन सत्रका अतिथि नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्राज्ञिक उन्नायनका लागि सबै लागि पर्नुपर्ने बताउनु भएको थियोे।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले प्राज्ञिक समृद्धिका लागि आफू लागिपर्ने बताउनुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य नीनु चापागाईंले शुभकामना मनतव्य राख्नुभएको थियोे ।
उद्घाटन सत्रको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गर्नुभएको थियोे।
उक्त ४२अौँ प्राज्ञसभाको उद्घाटन तथा बन्दसत्रको अध्यक्षता प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियोे ।
बैठकसामू सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यसूची प्रस्तुत गर्नुभएको थियोे ।
प्रस्तुत कार्यसूचीमाथि प्राज्ञसभा सदस्यहरूले आआफ्ना धारणा राख्दै नेपाल प्रज्ञा-प्रतिष्ठानको चालु आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, आ.व. २०८१/०८२ को प्रगति प्रतिवेदन,बजेट, नीति तथा कार्यक्रमहरू पारित गरेको थियो ।नेपाल सरकारबाट प्राप्त वार्षिक अनुदान र आन्तरिक स्रोत गरी २३ करोड ६४ लाख १० हजारको बजेट सभाले पारित गरेको थियोे ।

नेपाल प्रज्ञा -प्रतिष्ठानले यसअघि प्रकाशित गर्दै आएका विभिन्न जर्नल -पत्रिकाहरू प्रकाशन गर्ने , नेपाल प्रज्ञा-प्रतिष्ठानबाट स्थापित पुरस्कारहरूमा विस्तार गर्ने, सिर्जनवृत्ति तथा अनुसन्धान वृत्तिलाई थप विस्तार गरी प्रभावकारी बनाउने,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रकाशनहरू देशका विभिन्न स्थानमा पुर्याउनका लागि पहल गर्ने,नेपाल प्रज्ञा-प्रतिष्ठान पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रूपमा विकास गर्ने ,नेपाल प्रज्ञा-प्रतिष्ठानबाट यसअघि हुँदै आएका र गरिँदै आएका योजना तथा कार्यक्रमलाई थप प्रभावकारितासहित व्यवस्थित बनाउने,साहित्यका कविता,आख्यान ,निबन्ध ,गजल र नाटक आदि विधामा राष्ट्रिय एवम् क्षेत्रीय
महोत्सवहरू,भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र समाजशास्त्रका विषयमा कार्यशाला र गोष्ठीहरू सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रमहरू प्रज्ञासभाबाट पारित गरिएको थियोे ।





















































